Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मनिषालाई प्रकाशले बोलाए यता सुनन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
नाइँ मलाई त्यहि केटी चाहिन्छ भन्दै गाएर एक समय तहल्का पिटेका गायक प्रकाश पौडेलले आफूले मन पराएकी केटीलाई बिहे गरेर घरायसी व्यवहारमा फसे पनि समय समयमा उनी आफना मनका बहानाहरुलाई संगीत मार्फत उतारिरहेका हुन्छन्।

केहि समय अगाडी मात्र भोलि छुट्टी बोलको गीत निर्देशक भुषण दाहालको निर्देशनमा तयार पारेर राम्रै उपस्थिति जनाएका गायक पौडेलले यस पाली भने आफ्नो पुरानो गीत “ए यता सुनन “लाई डिजे मिक्स भर्सनमा रेकर्ड गरेर भिडियो समेत तयार गरेका छन्।

निर्देशक शहेन्द्र श्रेष्ठको निर्देशनमा हरि हुमागाईंले छायांकन गरेको उक्त गीतमा गायक पौडेलसंगै मनिषा गुरुङको अभिनय हेर्न पाइनेछ।

काठमाडौँ – पुतलीसडकस्थित टाइम्स कल्बमा छायांकन गरिएको उक्त गीतले पहिले पनि राम्रै चर्चा कमाएको थियो। पहिलो पल्ट रुन्चे गीत गाएर चर्चा कमाएका पौडेलको दोश्रो अल्बममा समेत रहेको “ए यता सुनन “ नेपालकै पहिलो व्हिसपर गीत (साउती मारेर गाईएको गीत) हो।

हाल सेन्चुरी रेमिटको दुबई शाखामा कार्यरत प्रकाश पौडेलको यो नयाँ कोशेली चाडै नै टेलिभिजनमार्फत देख्न सकिनेछ।





Comments

comments

Leave a Reply

9791