Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इन्धन ल्याउन केरुङको बाटो चौडा पार्न निर्देशन

संसद्को विकास समितिले चीनको रसुवागढी–केरुङ नाकाबाट इन्धनलगायत अत्यावश्यक सामग्री ल्याउन सकिने भन्दै पासाङ ल्हामु सडकको अबिलम्ब स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

रसुवागढी–केरुङ नाकाको स्थलगत अध्ययनपछि समितिले तयार पारेको प्रतिवेदनमा यस्तो सुझाव दिइएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

समिति सभापति रवीन्द्र अधिकारीले आइतबार सभामुख ओनसरी घर्तीमगरलाई स्थलगत अध्ययन प्रतिवेदन पेस गरेका छन्।

‘यो सडकखण्डमा केही अप्ठ्यारा भए पनि मर्मतसंभार गरी इन्धनलगायत अत्यावश्यकीय वस्तु आयात गर्न सकिने तथा भविष्यमा यो सडकको सुदृढिकरणले उत्तरदक्षिण ट्रान्जिटको काम सक्ने समितिको निर्देशन छ,’ प्रतिवेदनमा छ।





Comments

comments

Leave a Reply

9828