Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
घाँटीमा ट्याटु खोपेकी महिला बेपत्ता, सहयोगको लागि अपिल – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

घाँटीमा ट्याटु खोपेकी महिला बेपत्ता, सहयोगको लागि अपिल

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जनवरी। २३ वर्षीया महिला बेपत्ता भएपछि उनका साथीहरुले सहयोगको लागि अपिल गरेका छन्।

बेपत्ता महिला लाइ सियाओन

२३ वर्षीया महिला लाइ सियाओन डिसेम्बर २६, २०२३ को दिउँसो क्वाई चुङको लाइ यिउ एस्टेटमा रहेको आफ्नो घरबाट निस्किएदेखि बेपत्ता भएकी छन्। उनका साथीले डिसेम्बर ३१, २०२३ मा प्रहरीलाई उजुरी दिएकी थिइन्।

एचके अन सीसीमा प्रकाशित समाचारका अनुसार उनी करिब १.७२ मिटर अग्लो छिन्, तौल करिब ५४ किलोग्राम छ, पातलो बनोट छ, कालो अनुहार छ, पहेँलो छाला, लामो कालो कपाल र घाँटीमा ट्याटु छ।

उनी अन्तिम पटक नीलो ज्याकेट, कालो ट्राउजर, सेतो जुत्ता लगाएर गुलाबी क्रसबडी झोला र पहेंलो झोला बोकेकी थिइन्।

बेपत्ता महिलाको बारेमा जानकारी भएमा वा तिनलाई देखेमा प्रहरीलाई खबर गरि दिन आग्रह गरिएको छ।





Comments

comments

98322