Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अख्तियारप्रति एमालेको गम्भीर आशंका

सत्तारुढ नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आशंका व्यक्त गरेको छ।

२ दिनसम्म चितवनमा चलेको विशेष राष्ट्रिय भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, सिंगो मुलुक राष्ट्रिय स्वाभिमानको पक्षामा दृढतापूर्वक उभिरहेको र पार्टीले यस अभियानको अगुवाइ गरिरहेको विशेष परिस्थितिमा अगाडि बढाइएको यो विषयले गम्भीर आशंका पैदा गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।

‘राज्यका कुनै पनि निकायद्वारा कानुनसम्मत् ढङ्गले गरिने अनुसन्धानलाई सघाउन पार्टी सदैव तयार रहेको,’ एमालेले भनेको छ, ‘तर पूर्वाग्रही ढङ्गले र प्रतिशोध साधन गर्ने हिसाबले गरिने कुनै पनि गतिविधि भने अनुचित हुने कुराप्रति सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ।’





Comments

comments

Leave a Reply

9972