Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पूर्वका ९ जिल्ला वन्द – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वका ९ जिल्ला वन्द

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, नेपाल एकीकरणको नाममा वृहत लिम्बुवान राज्य षडयन्त्रपूर्वक गाभिएको भन्दै त्यसको विरोधमा आज राष्ट्रिय जनमुक्ति निकट लिम्बुवान राज्य परिषदले पूर्वका ९ जिल्ला वन्द गरेको छ।

पृथ्वीनाराण शाहले १८३१ साउन २२ गते सन्धिको नाममा वृहत लिम्बुवान राज्यलाई षडयन्त्रपूर्वक एकीकरण गरेको भन्दै परिषदले वन्द गरेको हो। परिषदले साउन २२ लाई २०३६ सालदेखि कालो दिनको रुपमा लिदै प्रत्येक वर्ष वन्दको आव्हान गर्दै आएको छ।

बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ। परिषदको वन्दका कारण पूर्वी नेपालका सुनसरी धनकुटा, तेह्रथुम, मोरंग, झापा, इलामा लाप्लेजुङ लगाएका जिल्लामा सवारी चलेका छैनन् भने कलकारखान वजारसमेत वन्द रहेका छन्।

पूर्व मात्र वन्द भएका कारण काठमाडौलगायतका स्थानवाट पूर्वी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा,तेह्रथुम हिडेका यात्रुहरु धरानमा अलपत्र परेका छन्। धरान स्थित विजयपुरमा राजधानि रहेको लिम्बुवान सग भएका सन्धि र संझौतामा समेत नेपाल राज्य अन्तर्गत लिम्बुवा स्वायत्त राज्य हुने उल्लेख भए पनि सन्धि सम्भौता विपरित लिम्बुवानको अस्तित्व नै मेटाएको ले आफुहरु वन्द गर्दै आएको परिषदका सचिव विष्णु थाम्देनले जानकारी दिए। उनले अव बन्ने सविंधानमा लिम्बुवान स्वायत्त राज्य कामय नभए सम्म आफूहरुको आन्दोलन जारी रहने वताए।

वन्द सफल बनाउन लिम्बुवान कार्यकर्ता विहानैदेखि सडकमा देखिए पनि प्रहरी प्रशासनको भने न्युन उपस्थित रहेको छ। परिषदको वन्दका कारण आज हुने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रविणता प्रमाण पत्र तह नर्सिङको प्रवेश परिक्षमा समेत प्रभावित भएको छ। वन्दले गर्दा विभिन्न होटलमा वसेका परिक्षार्थीहरु परिक्षा केन्द्रसम्म हिडेर जान वाध्य भएका छन्।





Comments

comments

850