स्वीडेनमा नेपाली जनसम्पर्क समिति गठन

सुरेश कार्की / एचकेनेपाल डट कम-
स्वीडेन, राष्ट्र राष्ट्रियता, प्रजातन्त्र र समाजबाद नेपाली कांग्रेसको प्रमुख नारामा गोलबद्ध भई स्वीडेनको विभिन्न शहरमा छरिएर रहनु भएका नेपाली कांग्रेसका क्रियाशील, प्रतिबद्ध एवं समर्पित सम्पूर्ण नेपाली काँग्रेसप्रेमीहरुको ऐतिहासिक भेलाले जनसम्पर्क समिति स्वीडेन गठन गरेको छ।

कार्यक्रमको शुरुमा ज्ञात- अज्ञात शहीदहरुप्रति १ मिनेट मौन धारण गरिएको थियो। भुपाल बास्तोलाको सभापतित्वमा कार्यक्रम शुरु भएको थियो। उक्त नेपाली जनसम्पर्क समिति स्वीडेनको संयोजकमा नबिन थपलिया सर्बसहमत चयन भएका छन्।

स्टकहोमको रिन्किबिमा अगस्त ३ आइतबारको दिन बसेको भेलाले थपलियाको संयोजकत्वमा १५ सदस्य चयन गरेको छ। जसमा संयोजक नबिन थपलिया , सह संयोजक मौसम लिङ्ग्देन यसैगरि सदस्यहरुमा तेज प्रसाद बाराकोटी , रोहित क्षेत्री , सुमन मगर , बिमल कुमार कार्की , लक्ष्मी भट्टराई , कृति के.सी. , प्रमोद अर्याल , भुपाल बास्तोला , केशब प्याकुरेल, बद्रि पौडेल , नबराज रेग्मी , राजकुमार ओमसन र शिब कुमार चौलागाई चयन भएका छन् र आगामी बैठकहरुमा आवश्यकता अनुसार महामन्त्री , सचिब तथा कोषाध्यक्ष निर्बाचन उक्त १५ सदस्यीय कार्यसमितिका सदस्यहरुबाटै निर्बाचित गर्ने निर्णय गरेको छ।

एन.आर.एन.ए निबर्तमान अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति स्वीडेनका संयोजक नबिन थपलियाले उपस्थित सबै महानुभाबहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

854