शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्द !

सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, मेचीका यातायात व्यवसायी र मजदुहरुको बन्दप्रति ऐक्यवद्धता जनाउदै कोशी अञ्चलका यातायात व्यवसायी तथा मजदुरहरुले पनि आज शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्द गरेका छन्।

फोटोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

वन्दका कारण कोशी अञ्चलको जनजीवन प्रभावित वनेको छ। वन्दका कारण कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरमा छोटो तथा लामो दूरीका सावरी चल्न सकेका छैनन्।

यात्रुहरु विच वाटो मै अलपत्र परेका छन्। लिम्बुवानको वन्द खुल्न नपाउदै व्यवसायी र मजदुहरुको वन्दका कारण सर्वसाधारण मार्कामा परेका छन्। विशेष गरि सुनसरीको इटहरी र धरानमा विहानैदेखि सयौंको संख्यामा यात्रुहरु अलपत्र परेका हुन्। काठमाडौलगायतका पश्चिमवाट पूर्वी पहाडी जिल्लाहरु भोजपुर, धनुकटा , संखुवासभा, तेह्रथुम हिडेका यात्रुहरु धरानमा अलपत्र परेका हुन्।

ग्यारेजमा थन्क्याइएका सावरी साधनहरु

उज्यालो यातायात व्यवसायी संघले झापामावाट काठमाडौको लागि वस सञ्चालनमा ल्याएसंगै आन्दोलित मेचीका व्यवसायी तथा मजदुहरु त्यसको विरोधमा उत्रिएका थिए। उनीहरुको आन्दोलनमा प्रहरीले दमन गरेको तथा व्यवसायी र मजदुरहरुलाई नियन्त्रणमा लिएको विरोधमा मेचीमा व्यवसायी र मजदुरहरुले वन्दलाई कडा पारेसंगै कोशीका व्यवसायीहरुले समेत यातायात वन्द गरेका हुन्।

सडक र सवारीको अवस्था नहेरी सरकारले सञ्चालन अनुमति पत्र दिएको तथा सेण्डिकेट अन्त्य भएपनि आफूहरुले स्थानीयरुपमा आपसी समझदारीमा आलोपालो प्रणालीमा सवारी सञ्चालन गरिरहेको भए पनि उज्यालोले जवर्जस्ती गुण्डा प्रयोग परि वस सञ्चालन गर्न खोजेकोले आफूहरुले वन्दको समर्थन गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीको घटक संयुक्त वस व्यवसायी संघका सचिव हरि थापाले वताए। उनले उज्यालोको आगमनसंगै अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना बढ्ने तथा अराजकता बढ्ने भन्दै त्यसको विरोधमा आन्दोलित मेचीका व्यवसायी र मजदुहरुलाई प्रहरी धरपकड गरि नियन्त्रणमा लिएकाहरुलाई विना सर्त नछोडेसम्म वन्द फिर्ता नलिने जानकारी दिए।

यातायात वन्द भएपछि धरानको भानु चौकमा अलपत्र परेका एक जोडी वृद्धबृद्धा

उज्यालो यातायात प्रालिले मेची कोशीका व्यवसायी तथा मजदुहरुलाई विस्थापित उज्यालो यातायात व्यवसायी संघले झापामावाट काठमाडौको लागि वस सञ्चालनमा ल्याएसंगै आन्दोलित मेचीका व्यवसायी तथा मजदुहरु त्यसको विरोधमा उत्रिएका थिए। उनीहरुको आन्दोलनमा प्रहरीले दमन गरेको तथा व्यवसायी र मजदुरहरुलाई नियन्त्रणमा लिएको विरोधमा मेचीमा व्यवसायी र मजदुरहरुले वन्दलाई कडा पारेसंगै कोशीका व्यवसायीहरुले समेत यातायात वन्द गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी, नेपाल यातायता स्वतन्त्र मजदुर संगठन कोशी, नेपाल यातायात मजदुर संघ , अखिल नेपाल यातायात मजदुर संघ, र नेपाल यातायात चालक मिस्त्रि संघले संयुक्त विज्ञप्ति जारी अनिश्चितकालिन वन्दको घोषणा गरेका हुन्।

उनीहरुले वन्दमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, प्रेस, स्कुल वस, कुटनैतिक नियोग, हरियो चिया पत्ति को गाडी, दुध वोक्ने गाडी र मोटर साइकल भने चल्न दिएका छन्। उनिहरुले आफ्ना सवारी साधनहरु भने ग्यारेजमा थन्क्याएका छन्।





Comments

comments

856