बेलायतमा एनआरएनए अध्यक्ष शेष घले र जमुना घलेलाई भव्य स्वागतको तयारी

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
पौष १२ लन्डन । अन्तर्राष्ट्रिय समन्वय परिषद,गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र जमुना घले लन्डन आइपुगेका छन्। घले लन्डनस्थित गेटवीक्क विमानस्थलमा आज विहान उत्रेका हुन्।


फाइल फोटोः अध्यक्ष शेष घले र जमुना घले

अध्यक्ष घलेको स्वागतको लागि गैरआवासीय नेपाली सँघ बेलायतको अध्यक्ष मुछेत्र गुरुङ,उपाध्यक्ष कुमारी गुरुङ,आईसीसी सल्लाहकार विश्वआर्दश पण्डित, आईसीसी सदस्य योगेन क्षेत्रि, प्रकाश गुरुङ ,आईसीसी सदस्य संगिता मरठ्ठा, प्रबक्ता खुशी लिम्बु,महिला संयोजक सुशिला राई,सल्लाहकार खुशी गुरुङ, ,जनसम्पर्क समिति हाम्सायरका अध्यक्ष हितकाजी गुरुङ, तमुधी बेलायतको अध्यक्ष रामचन्द्र गुरुङ, सहारा युकेका बोमेन्द्र गुरुङलगायत ठूलो संख्यामा बेलायतबासी नेपालीहरु भेला भएका थिए।

एनआरएन बेलायतको आयोजनामा २८ तारिख सोमबार बेलुकी ठिक ५ बजे अल्डरसटको किङजस सेन्टरमा घलेको भव्य स्वागतको तयारी भईरहेको एनआरएन बेलायतले जनाएको छ।

नेपालमा निमार्ण हुन लागेको एनआरएन भवनका लागि सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा यूरोपस्थित बिभिन्न देशका प्रतिनिधीले समेत भाग लिने भएका छन्। सहभागी हुन एनआरएनएका सचिब अर्जुन श्रेष्ठ, डेनमार्कबाट सोम सापकोटा ,जर्मनबाट दिल गुरुङ, अमेरिका संयोजक सोनाम लामा, लगायत धेरै प्रतिनिधीहरु सरिक रहने स्रोतले जनाएको छ।

एनआरएन बेलायतका अनुसार सो कार्यक्रममा ठूलो धनराशी उठ्ने अनुमान गरिएको छ। सामाजिक सन्जाल फेसबुकबाट मात्र करिब (१) एक करोड उठिसकेको र भोलिको कार्यक्रममा थप रकम संकलन हुनेमा विश्वसनियता राखेको संघका पदाधिकारीहरुले जानकारी गराएका छन्। उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतले सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई समयमै उपस्थित भईदिन हार्दिक अनुरोध गरिएको छ।





Comments

comments

Leave a Reply

10224