Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको अन्त्येष्टि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको अन्त्येष्टि

सूर्य बास्तोला / एचकेनेपाल डट कम –
पोखरा, १२ पुस । पूर्व राज्यमन्त्री तथा अञ्चलाधीस लक्ष्यबहादुर गुरुङको आइतबार पोखरास्थित शुखावती गुम्वा (गाइघाट) मा अन्त्येष्टि गरिएको छ। आइतबार दिउँसो गुरुङ्ग संस्कृत अनुसार उनको अन्त्येष्टी गरिएको हो।

फाइल फोटोः लक्ष्यबहादुर गुरुङ
राप्रपा नेपालका केन्द्रीय सल्लाहकार समेत रहेका गुरुङलाई राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले पार्टीको झण्डा ओडाएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए।

अन्त्येष्टि कार्यक्रममा अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेशबहादुर भट्टराई, धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’, देविजङ्ग गुरुङ, विष्णुदेवी गुरुङलगायत पार्टीका उपाध्यक्षहरु, जिल्लाका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, क्षेत्रीय अध्यक्षहरु, जिल्लास्थित नेता कार्यकताको उपस्थिती रहेको थियो।

कास्कीको अर्मलाकोटमा जन्मिएका गुरुङको ललितपुर धापाखेलस्थित सुमेरु हस्पिटलमा उपचारकै क्रममा ८२ बर्षको उमेरमा शुक्रवार बेलुका निधन भएको हो। सुगरको समस्याबाट ग्रसित गुरुङ गत एक वर्षदेखि मिर्गौला पीडित भई डायलोसिस गराइरहेका थिए। निमोनियाका कारण उनको निधन भएको भतिज तेजबहादुर गुरुङले जानकारी दिए।

पञ्चायतकालमा सेति, धौलागिरी, सगरमाथा, नारायणी अञ्चलमा गरी १५ वर्ष अञ्चलाधीस र राज्यमन्त्री समेत बनेका गुरुङको इच्छानुसार आफ्नै जन्मस्थान पोखरामा अन्तेष्टि गरिएको हो।

समाजसेवी गुरुङको ४ छोराहरु मध्ये जेठा घनश्याम गुरुङ अधिकृततहबाट अवकास लिएका हुन भने, माइला नरेश गुरुङ नेपाल प्रहरीको एआइजीबाट निवृत्त, साईला गंगाबहादुर नेपाली सेनाको सहायक रथीमा बहाल र कान्छा छोरो कृष्णबहादुर गुरुङ धौलागिरी अञ्चलमा बाहिनी पतिका रुपमा सेवारत छन।

स्वर्गीय गुरुङलाई सम्मानस्वरुप शोक सलामी अर्पण गरिएको थियो। अमेरिकामा रहेकी छोरी माया गुरुङपनि अन्त्येष्टिका लागि आइतवार आइपुगेकी थिइन्।

यसैबीच, राप्रपा नेपालका केन्द्रीय अध्यक्ष तथा उपप्रधान, परराष्ट्र, स्थानीय विकास मन्त्री कमल थापाले केन्द्रीय सल्लाहकार गुरुङको असमायिक निधनप्रति दुख व्यक्त गर्दै पार्टीलाई अतुलनिय क्षति पुगेको बताएका छन्। साथै देशको राष्ट्रवादी अभियानमा गम्भीर चोट पुगेको प्रति उनले चिन्ता व्यक्त गरेका छन्।

त्यसैगरि राप्रपा नेपाल कास्की, अञ्चल समन्वय समिति गण्डकी र राष्ट्रिय पत्रकार समाजले पनि संयुक्त रुपमा शोक विज्ञप्ति प्रकाशित गरेको छ। विज्ञप्तिमा गुरुङको निधनले पार्टी र राष्ट्रलाई गम्भीर क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।





Comments

comments

Leave a Reply

10215