Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन गर्दैछन् त निर्देशक दिनेश डिसीले यस्ता फन्डा?

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। निर्देशक दिनेश डिसीले यसलाई राम्रैसँग बुझेका छन्। त्यसैले त उनी कामसँगै हल्ला पनि गर्छन्।

व्यापारिक घराना चौधरी ग्रुपसँग पनि आबद्ध दिनेश आफ्नो फिल्म बिकाउन माहिर छन्। कसरी मार्केटिंग गरेर फिल्म बजारमा फ्याँक्ने भन्ने बारेमा कसैले उनीबाट सिकोस्।

यसपटक आफ्नै निर्माण/निर्देशनमा बनाएको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ को रिलिज घोषणादेखि नै उनले फन्डा गर्न थालिसकेका छन्। डी सिने अवार्डका संचालक समेत रहेका दिनेशले उक्त प्लेटफर्मको सदुपयोग गर्दै फागुन २१ मा फिल्म लाग्ने बताए। बताएनन् मात्रै, उपस्थित सबैलाई देखाए।

फिल्मको नाम चरितार्थ गर्ने गरी फूलैफूल जडित ज्याकेटले ढाकिएर स्टेज आएका दिनेशले दुवै हात फैलाउँदै रोमान्टिक पोज दिए र नयाँ रिलिज डेट घोषणा गरे।

यसपटक उनले कीन अवार्ड कार्यक्रमलाई प्रयोग गरे त? दिनेश भन्छन्, ‘त्यो अवार्ड टेलिभिजनबाट लाइभ जाने अनि सबै पत्रकार, कलाकार एकै ठाउँमा भेला भएको त्यो प्लेटफर्म सही हुने ठानेर प्रयोग गरेको हुँ। त्यसो त उनले पैसा जोगाउन पनि अरुकै कार्यक्रम प्रयोग गरेको ठट्टा पनि गरे।

जेहोस्, उनी यसपटक पनि आक्रमक प्रचार शैलीमा उत्रिने छनक देखाईसकेका छन्। उनले अब रिलिज नसर्नेमा पनि दृढता व्यक्त गरे । दिनेश डिसीले यसअघि पनि ‘मायाज बार’ र ‘छ एकान छ’ मा सफलतापूर्वक प्रचार अभियान चलाएकाले पनि उनलाई मार्केटिंगका गुरु मान्ने धेरै छन्।





Comments

comments

Leave a Reply

10211