Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
जसले रमिता हेर्दा गोली खाए – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले रमिता हेर्दा गोली खाए

सप्तरी- सप्तरीको भारदह–१ का राजीव राउत जारी मधेस आन्दोलनमा प्रहरीको गोलीले मारिएका पहिलो व्यक्ति हुन्। मधेसी मोर्चाले आह्वान गरेको साउन ३१ र ३२ को बन्द अनिश्चित बनेपछि भदौ १ मा भारदहमै भएको झडपमा उनी मारिए।

२४ वर्षे उनी राजनीतिमा क्रियाशील थिएनन्। संघीय समाजवादी फोरमले राउत आफ्नो कार्यकर्ता दाबी गरेपनि उनीनिकटहरू भने फोरमको भनाइप्रति आश्चर्य मानिरहेका छन्। निकै कमजोर आर्थिक अवस्थाका उनी तीन–चार वर्षयता केरा खेती गरेर परिवार पाल्दै थिए। ‘५ वर्षअघि राजीव रोजगारीका लागि मलेसिया गएका थिए तर ठगिए र फर्किए,’ छिमेकी रामु विश्वास भन्छन्, ‘उनको आर्थिक अवस्था कमजोर थियो, त्यसमाथि ठगिएपछि ऋणको भार झन् पर्योए।’

त्यसपछि अरूको सल्लाहमै उनले खेत भाडामा लिएर केरा खेती थाले। खेतीबाट राम्रै आम्दानी हुन थालेपछि दुई वर्षमै पुरानो ऋण चुक्ता गरी बिस्तारै उनको परिवार आर्थिक रूपमा बलियो बन्दै गरेको विश्वासले बताए। घटनाको दिन शान्तिपूर्ण आन्दोलन गरिरहेका मोर्चा नेतालाई प्रहरीले कुटपिट गरेको खबर पाएपछि बुझ्न आउँदा झडप भइरहेको थियो। प्रहरीले खोलेको फायरमा पहिलो गोली नै राजीवको छातीमा लागेको विश्वासले देखे। करिब ३ वर्षअघि बिहे गरेका राजीवका एक पत्नी, २० महिनाका छोरा र करिब ४ महिनाकी छोरी छिन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10208