गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

गर्भावस्था महिलाका लागि संवेदनशील अवधि हो। गर्भवतीले आफ्नो स्वास्थ्यमा हरपल धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। खानपिनमा उत्तिकै विचार पुर्‍याउनुपर्छ । गर्भवतीका लागि धेरै चिया–कफी पिउनु पनि खतरनाक हुने चिकित्सकहरू सुझाउछन् । गर्भावस्थामा सकेसम्म चिया–कफी नपिएकै राम्रो हुने उनीहरूको सुझाब छ:

– गर्भवती हुनुहुन्छ भने कफी पिउन छाडिदिनुहोस्। यदि कफी पिउने लत छोड्नै सक्नुहुन्न भने लिमिटमा पिउनुहोस् । दिनमा दुई सय मिलिग्रामभन्दा बढी कफी नपिउनुहोला । कफी धेरै कडा नबनाउनुहोस्, हल्का कफी मात्रै पिउनुहोस्।

– पाउडर र फिल्टर कफीबाट सकेसम्म बच्नुहोला । किनभने, यसमा कफिनको मात्रा धेरै हुन्छ । यदि, हल्का कफी पिउनुहुन्छ भने सानो कपमा पिउने गर्नुहोला । यसले शरीरमा धेरै कफिन पुग्न पाउँदैन ।

– दिनमा दुई सय मिलिग्रामभन्दा बढी कफी पिउनाले गर्भपातको खतरा बढ्छ । गर्भवतीले अत्यधिक कफी पिउँदा बच्चाको तौल पनि कम हुन सक्छ । जन्मिँदा कम तौल भएका बच्चा ठूलो भएपछि पनि विभिन्न रोगका सिकार हुन सक्छन् ।

– कफीमा हुने कफिनले गर्भावस्थाको भ्रूणमा समेत प्रभाव पार्न सक्छ । कफिनको मात्रा साल हुँदै बच्चाको रगतसम्म पुग्न सक्छ । त्यसैले गर्भावस्थामा कफीबाट टाढा रहनु नै उत्तम हुन्छ ।

– गर्भावस्थामा कफीको सट्टा बरु चिया पिउनु राम्रो हुन्छ । ‘मिल्क टी’ पिउने गर्नुहोला । ‘ब्ल्याक टी’ नपिउनु नै राम्रो हुन्छ । ‘ग्रिन टी’ पनि नपिउनुहोला, गर्भपात हुन सक्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10206