Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रवीन्द्रको युवाहरुसँग काव्य विमर्श

माधव अधिकारी / एचकेनेपाल डट कम –
काठमाडौँ,११ पौष। बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले शनिबार युवाहरुसँग काव्य विमर्श गरेका छन्।

विमर्श नेपाल र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले करीब दुई घन्टा आफ्ना प्रकाशित र अप्रकाशित कविता सुनाए।

उनले पाप,आज राति बाह्र बजे, क्रान्ति,म पत्रकार हुँ लगायतका एक दर्जन कविता सुनाए। पत्रकारिता आफ्नो पेशा भएपनि साहित्य साधनामा कवितालाई नै मुख्य विधा बनाएको उनले बताउए। उत्साहित मुद्रामा देखिएका मिश्रका कविता युवाहरुले निकै रुचिपूर्वक सुनेका थिए।

भूकम्प, आमालगायतका अप्रकाशित कविता आफ्नो आगामी कृतिमा समेटिने जानकारी उनले दिए। कार्यक्रममा कवि तथा समालोचक महेश पौड्यालले मिश्रका कविता शक्तिशाली रहेको बताउँदै धन्यवाद दिए।

विमर्श नेपालका अध्यक्ष किरण भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रज्ज्वल अधिकारीले गरेका थिए। समारोहमा चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले स्वागत मन्तब्य राखेका थिए।

विमर्श नेपालले आफ्नो मासिक साहित्यक श्रृङ्खाला अन्तर्गत पहिलो कार्यक्रममा मिश्रलाई आमन्त्रण गरेको थियो।





Comments

comments

Leave a Reply

10202