टाइगरको हत्या गर्न चाहिन्छन् दिशा

अभिनेता टाइगर श्राफकी गर्लफ्रेन्ड दिशा पटानी अर्का अभिनेता रणवीर कपुरसँग विवाह गर्न चाहन्छिन्। यतिमात्रै होइन, उनी टाइगरलाई हत्या गर्न पनि चाहन्छिन्।

यस्तो खुलासा भएपछि बलिउडमा दिशाबारे अनेक टीकाटिप्पणी भएका छन् । तर, यी सबै कुरा वास्तविक होइनन् ।

फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी दिशाले भारतीय इन्टरटेनमेन्ट पोर्टलको खेल ‘किल, म्यारी एन्ड हुकअप’मा त्यस्तो बताएकी हुन्।

यो खेलमा उनलाई तीन विकल्प दिइएको थियो– रणवीर कपुर, वरुण धवन र टाइगर श्राफ । यही खेलमा दिशाले टाइगरको हत्या गर्न चाहनुको कारणबारे बताइन्, ‘टाइगरबारे सोधिएका प्रश्नको जवाफ दिँदादिँदा म हैरान भइसकेकी छु।’ (नयाँपत्रिकाबाट)





Comments

comments

Leave a Reply

14431