बेलायतमा चोरको बिगबिगीः नेपालीहरु निशानामा…

रोशन मेवाहाङ्ग/ एचके नेपाल डट कम-
लण्डन,फाल्गुन ०३ । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत हाल हव्किङ्ज निवासी थापा परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तुहरु चोरी भएको छ।

वेलायतमा विशेषगरी ठूलो संख्यामा रहेका नेपाली समुदाय अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटनलगायत अरु विभिन्न ठाँउका नेपालीहरुको घरलाई विशेष निशाना बनाएर बाराम्बार चोरी भईरहेको पीडित वर्गहरुले जानकारी दिएका छन् । गत महिनाभित्र मात्रा अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरिरहेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति दिनदहाडै लुटिएको पीडित पक्षबाट जानकारीमा आएको छ।

चोरी हुने क्रम बढदो छ तर दोषी भने अहिलेसम्म पक्राउ परेको छैन। किन बेलायतका प्रहरी यस्ता घटनाप्रति मौन छ? के दोषी हुनु भन्दा दोष सहेर बस्नु झन् गलत हो त?अब यो विषयमा बेलायती नेपालीहरुले गम्भीर भएर सोच्नुपर्ने समय आइसकेको छ ।

केन्ट प्रहरी वृतका अनुसार घटनामा नेपाली र भारतीय नागरिकको संलग्नता रहेको अनुमान गरिएको छ। आखिर यो सत्य हो भने कुनै पनि हालतमा त्यस्ता ब्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिलाउनु पर्छ जसले गोर्खालीहरुले दुई सय बर्षको इतिहासलाई माटोमा मिलाउने प्रयास गरिरहेका छन्। यस्तो घटना हामी जो कसैलाई पनि कुनै समयमा पर्न सक्ने भएको हुनाले अब नेपालीहरु एकजुट भई अगाडि बढन आवश्यक देखिन्छ । चाहे त्यो चोर होस अथवा प्रहरी , यो चोर प्रहरीको खेलमा सामिल भईरहने हाम्रो समय भने अवश्य छैन।

सावधानः
सुन तथा बहुमूल्य वस्तुहरुको बिमा गरी तस्वीर कैद गरिएमा खोज तलास गर्न सजिलो हुने केन्ट प्रहरी वृतले जानकारी दिएको छ । समुदायमा राम्रो सम्बन्ध, घर घरमा आलाराम अथवा सिसी क्यामेराको ब्यवस्था गर्न सकिए चोरीबाट बच्न सकिने फोक्स्टन निवासी संकरमणी नेपालले बताए । पीडित थापा मगरले ढोकामा चाबी नछोडन सल्लाह दिए।

आ-आफनो संस्कृतिक झल्काउन परम्परा अनुसार गरगहना लगाइए पनि कसरी सुरक्षित राख्न सकिन्छ आफै सचेत हुन जरुरी रहेको साथै बेलायतमा हुने विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु विवाह, व्रतवन्ध , जातिय संस्था लगायतका कार्यक्रममा अत्यावश्यक भन्दा धेरै देखावटी नगर्न नेपाली समुदायका केही अगुवाहरुले सल्लाह दिएका छन्।





Comments

comments

Leave a Reply

16235