Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विश्वभर भ्यालेण्टाइन्स डे (प्रेम दिवस) मनाइदै, किन मनाईन्छ भ्यालेण्टाइन्स डे? हेर्नुहोस्…

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ३ फागुन। सन्त भ्यालेण्टाइनको सम्झना तथा एक आपसमा प्रेम साटासाट गरेर विश्वभरका युवायुवतीहरुले आज मंगलबार भ्यालेण्टाइन्स डेलाई प्रेम दिवस ( प्रणय दिवस ) का रूपमा मनाउदै छन्।

प्रेमको प्रतीक रातो गुलाफ आदान प्रदान गरेर युगल जोडीले प्रेम साटासाट गर्दैछन्। तत्कालीन रोमका सन्त भ्यालेण्टाइनको मृत्यु भएको दिनलाई सम्झेर प्रेम दिवस मनाउन लागिएको हो। प्रेमका कारण मृत्युवरण गरेका सन्त भ्यालेन्टाइनको स्मृतिमा विश्वभरका प्रेमी प्रेमिकाहरुले फेब्रुवरी १४ तारिखका दिन भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रूपमा मान्ने गर्छन्।

भ्यालेन्टाइन डे पश्चिमा संस्कृति भएपनि नेपालमासमेत यसको लोकप्रियता बढ्दै गएको छ। नेपालमा यहि अवसर पारेर विभिन्न औपचारिक कार्यक्रमहरु समेत गरिदैछ। यसै अवसरमा नेपालमा युवायुवतीहरुबीच निकै चहल पहल देखिएको छ। विस्तारै नेपालमासमेत प्रेम दिवस मनाउने परम्परा फेशनको रूपमा बढ्दै गएको छ।

प्रेम व्यक्त गर्ने १० तरिका सिक्नुहोस् | 10 Ways to Express Love …





Comments

comments

Leave a Reply

16227