बजेटले देखेन झलनाथ खनाल, चर्कियो वरिष्ठताको वरीयता विवाद

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ।

पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुँदै आएका छन्।

पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणपछि बनेको नेकपाको पहिलो वरिष्ठ नेता पाउनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठताको दोस्रो वरीयतामा राखेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग असन्तुष्टि जनाउँदै आएका छन्।

मंगलबार व्यवस्थापिका संसदमा पेश भएको बजेट प्रस्तुत गर्ने क्रममा पनि वरिष्ठ नेता खनाल अनुपस्थित रहेका थिए। आजको नेपाल समाचारपत्रमा खबर छ ।





Comments

comments

Leave a Reply

23404