एसएसपी श्याम खत्रीको पहलमा यसरी हुन्थ्यो सुन तस्करीको सेटिङ !

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ।

महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले २०७३ पुस २९ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको खबर नागरिक दैनिकमा छ।

त्यति बेला रञ्जितकुमार गुप्ताले सिआईबीलाई दिएको बयान अनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए ।

महानरीय प्रहरी अपराध महाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे।





Comments

comments

Leave a Reply

23419