मन्त्री छान्ने जिम्मा अध्यक्षलाई

काठमाडौँ, १७ जेठ । सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।

सिंहदवारस्थित फोरम नेपालको संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले तीनजना मन्त्रीको नाम चयन गर्ने जिम्मेवारी संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष यादवलाई दिएको दलका सांसद उमाशंकर अरगरियाले जानकारी गराउनुभयो।

सरकारसँग जेठ १४ गते भएको दुईबुँदे सहमतिअनुसार फोरम नेपाल सरकारमा सहभागी हुन लागेको हो । दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएका फोरम नेपाललाई नाम चयन गर्नमा सकस भएको छ । फोरम नेपालले स्वास्थ्य तथा जनसङ्ख्या र शहरी विकास मन्त्रालय पाएको छ।

संसदीय दलको बैठकमा छलफल हुँदा मन्त्रीको नाममा कुरा नमिलेपछि त्यसलाई मिलाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको हो । पार्टी स्रोतका अनुसार अध्यक्ष यादवको नेतृत्वमा फोरम नेपाल सरकारमा सहभागी हुनेछ । अन्य दुईजनाको नाम बिहीबारसम्म टुङ्गो लगाइनेछ।

एकजना मन्त्री र एकजना राज्यमन्त्रीको नाम र मन्त्रालय टुङ्गो लगाई सकेपछि पार्टीको पदाधिकारीबाट त्यसको अनुमोदन गराइने छ । त्यसपछि मात्र नवनियुक्त मन्त्रीको शपथग्रहण हुने छ । गोरखापत्रमा खबर छ ।





Comments

comments

Leave a Reply

23417