
काठमाडौं – गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीपरिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो।
दुई दलबीच जेठ ३ गते एकीकरणभएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।
‘हामीले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं’, संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं।’
नागरिमा खबर छ।


