नेकपाभित्र गुटैगुट

पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो । उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ ।

उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ। यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन्।

के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे।

नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपाभित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो, यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ पुर्‍याउला रु युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ।’

तोकिएका मिति र समयमा बैठक नबस्ने, एकता प्रक्रियाको कामले तीव्रता नपाउने जस्ता कारणमा उनले मुखै खोलेर ‘गुटको कारण’ त भनेनन् तर यसप्रति उनी असन्तुष्ट छन् भन्ने संकेत भने दिए।

पार्टीभित्र विचारद्वारा निर्देशत राजनीति नभएको, रणनीति नबनेको, कार्यनीति मात्र रहेको, विचार नभएपछि गुट मात्रै देखिएको नेताहरूको भनाइ छ।‘राजनीति विचारबाट निर्देशित हुनुपर्ने मान्यतालाई नेपालका धेरैजसो पार्टीले छोड्दै गइरहेका छन्’, नेकपा नेता राम कार्कीले अन्नपूर्णसँग भने, ‘दैनिक राजनीति मात्र चलिरहेको छ अहिले। जे आइपर्छ, त्यही गर्दै जाने अवस्थाको राजनीति, त्यसभित्र अनेक कुरा आउनु स्वाभाविक छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25019