जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।

यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको खब। अन्नपूर्ण पोष्टमा छ।

असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ ।

यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।

विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा र उनकी फुपु माया खडका र ७८ बर्षीया हजुरआमाको दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए।





Comments

comments

Leave a Reply

25148