बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

बैतडी – कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो ।

जोशीले २०७४ फगुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ बर्षीया डम्बरा भट्टलाई जबरजस्तीकरणी गरी हत्या गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ।





Comments

comments

Leave a Reply

25170