कपिलबस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् ।

उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए ।

कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो ।

उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको नयाँ पत्रिकामा खबर छ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद सहा विशिष्ट अतिथि थिए ।

कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25232