भीम रावलको नाममा नक्कली पेज, साइबरक्राइमा मुद्दा अघि बढ्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन्।

रावलले सीके राउतको प्रकरणमा उठाएका आवाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने चेतावनी लेखका छन ।पेजमा लेखिएको छ ‘मलाइ देशभन्दा ठूलो पार्टी लाग्दैन त्यसैले नेकपा फुट्न पनि सक्छ।’

फेसबुक प्रयोग नै नगर्ने रावलका नाममा यस्तो गतिबिधि भएपछि विगतमा रावलसँगै काम गरेका पत्रकार एकीन्द्र कुँवरले नक्कली एकाउन्ट बनाएर रावलको चरित्र हत्या गर्ने प्रयास गरेको विषयमा साइबरक्राइमा मुद्दा अघि बढाएको बताएका छन्। उनले नेकपाका नेता रावलले कुनै पनि फेसबुक नचलाएको भन्दै ट्ववीटरमात्रै प्रयोग गर्ने गरेको जानकारी दिएका छन्।

स्टाटस हेर्दा नेकपामा विभाजन ल्याउन चाहने समूहले चलाएको जस्तो देखिन्छ । यद्यपी अनुसन्धानका क्रममा रहेका कारण के हो भन्ने पछि खुल्नेछ । तर रावलको नामको उक्त नक्कली पेजबाट पनि सयौँले उक्त स्टाटस सेयर गरेका छन । नेपाल समाचारपत्रमा खबर छापिएको छ।





Comments

comments

Trending Now : टाइमरको AM र PM छुट्याउन नसक्दा पड्कियो बम, विस्फोटमा यसरी गयो ४ जनाको ज्यान