हङकङमा पुर्खा दिवस मनाईयो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अप्रिल। पुर्खाहरुको स्मरण, सम्मान र योगदानको चर्चा गर्दै हङकङको सा टीनस्थित गोर्खा समाधि स्थलमा शुक्रवार पुर्खा दिवस मनाईएको छ।

हङकङ नेपलीज फाउण्डेशनको संयोजनमा गोर्खा सिमेट्री ट्रष्टले आयोजना गरेको कार्यक्रममा पूर्व गोर्खा सैनिक, विद्यार्थी अभिभावकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागीहरुले पुर्खाप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गरे।

चिनीयाँहरुको चिङ मिङ फेस्टिबलकै दिन नेपालीले पनि केही वर्षयता हङकङमा पुर्खा दिवस मनाउने प्रचलन शुरु गरेका हुन्। यस दिन चिनीयाँहरुले विविध कार्यक्रम गरी आफ्ना पूर्वजहरुप्रति सम्मान व्यक्त गर्ने गर्छन्।


हङकङममा कसरी मनाईन्छ त पुर्खा दिवस? हेर्नुहोस् फाईल भिडियो

यस्तो छ हङकङमा गोर्खालीको चिहान… गोर्खा समाधि हेर्नुहोस् फाईल भिडियो

हङकङमा पुर्खा दिवसः गोर्खा समाधि स्थल सा टिनबाट प्रत्यक्ष भिडियो प्रसारण





Comments

comments

Leave a Reply

27724