पत्रकार पीडितको चलचित्र लावाजुनीले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं, २२ चैत । पत्रकार केएल पीडितको नयाँ चलचित्र लावाजुनीले युनिभर्सल प्रमाणपत्र पाएको छ।

कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको छ।

लावाजुनी सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको सामाजिक चलचित्र हो । यस चलचित्रमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका गर्नुका साथै उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगले उठाइएको छ । पहल नेपालको ब्यानरमा निर्मित लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन्।

चलचित्रमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको चलचित्रमा कोमल वली, कुलानन्द गिरी, सतिश राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र याङ्शु श्रेष्ठले चलचचित्रमा स्वर दिएका छन्।

करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्देशक पीडितले जानकारी दिए । उनले च्यारिटी शोका लागि देशभित्र र बाहिर विशेष प्रदर्शन गर्ने तयारी भएको जानकारी पनि दिएका छन । साथै प्रदर्शन गर्न इच्छुक संघ, संस्था वा व्यक्तिहरुले सम्पर्क गर्न अनुरोध गर्दै त्यसका लागि सम्पर्क गर्न पनि आह्वान गरेका छन । त्यसका लागि चलचित्रका निर्माता गेहेन्द्र बस्नेत (९८४७८३४९४३) वा निर्देशक केएल पीडित (९८५७८३२०९८) लाई सम्पर्क गर्न आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

27836