वर्षको पहिलो दिनमै लुक्लामा हवाई दुर्घटना, को-पाइलट र दुई प्रहरीको ज्यान गयो (भिडियोसहित)

सोलुखुम्बुको लुक्लामा समिट एयरको जहाज दुर्घटना हुंदामा कोपाइलटसहित दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा कोपाइलट सुजीत ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठ छन्। श्रेष्ठको उपचारको लागि काठमाडौंमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो।





Comments

comments

28162