विदेशबाट शव ल्याउन १ करोड २१ लाख खर्च

काठमाडौं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ ।

यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ । विदेशमा कागजी प्रक्रिया पुगेको मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेको मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ मा वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भई नेपालको विमानस्थलसम्म आइपुगेका ६ सय ११ पुरुष र १४ जना महिला गरी ६ सय २५ कामदारको शव उनीहरुको घरसम्म पु¥याएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ अनुसार वैदेशिक रोजगारमा गएका मृतक कामदारको शव निज कामदारको नजिकको हकवालाले दिएको निवेदनअनुसारको घर ठेगानासम्म निःशुल्क पु¥याउन वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने व्यवस्था रहेको छ ।

त्यसै गरी चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा वैदेशिक रोजगारमा विदेशमा मृत्यु भएका कामदारको शव झिकाउन सरकारले करिब ६९ लाख ४९ हजार रुपियाँ खर्चेको छ । विदेशमा गैरकानुनी रुपमा बसेका र कुनै कागजपत्र नभएका कामदारको मृत्यु भएमा नेपाल सरकारले ती मृतक कामदारको शव कानुनी प्रक्रिया पु¥याई झिकाउने गर्छ तर प्रक्रिया पुगेका मृतक कामदारको शव स्वदेश पठाउने जिम्मा सम्बन्धित कम्पनी र देशले गर्ने गरेको सूचना अधिकारीले बताउनुभयो ।

सोही अवधिमा वैदेशिक रोजगारमा गएका कामदारको शव झिकाउने तथा ढुवानी कार्यका लागि करिब १ करोड ७१ लख ६३ हजार खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । नेपाल समाचारपत्रमा सुम्निमा काफ्लेले यो समाचार लेखेकी छन्।





Comments

comments

28195