जिरो लिएर चाइना जाँदै शाहरुख

अभिनेता शाहरुख खान आफ्नो पछिल्लो फिल्म जिरो लिएर चीन जाने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यस वर्षको क्लोजिङ फिल्मका रूपमा ‘जिरो’ चुनिएको छ ।

आनन्द एल रायले निर्देशन गरेको ‘जिरो’मा भएको स्पेसल इफेक्टलाई लिएर फिल्मको प्रशंसा भएको थियो । बेइजिङ फिल्म फेस्टिभलमा संसारभरबाट छानिएका फिल्महरूको विशेष स्क्रिनिङ हुनेछ । जसमा ‘म्याड म्याक्स सिरिज’, ‘जेसन बर्न’, ‘ग्राभिटी’, चिल्ड्रेन अफ मेन’ लगायत फिल्म रहेका छन् ।

‘जिरो’को स्क्रिनिङका लागि शाहरुख र क्याट्रिना कैफ बेइजिङ जानेछन् । तर, गत वर्ष रिलिज भएको ‘जिरो’ भारतीय बक्स अफिसमा भने असफल भएको थियो । पछिल्लो समय शाहरुखका फिल्म बलिउडमा त्यति सफल हुन सकेका छैनन् । नयाँपत्रिकामा यो समाचार छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28298