संयुक्त राष्ट्रसंघमा नेपाली युवतीको दमदार भाषण


विजय थापा

डिसी । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् ।

अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेशनमा सम्बोधन गरेकी हुन् ।

उनले अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुवर्ण अवसर पाएकी हुन् ।

कार्यक्रममा उच्च स्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरु ,मन्त्रीहरु,सयुक्त राष्ट्र संघ सदस्य राज्य,सयुक्त राष्ट्र संघका स्थायी पर्यवेक्षक,कर्मचारी श्रमजीवी संगठन, कर्मचारी संगठन ,यूवा प्रतिनिधिहरु,शिक्षा शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

जोली हाल सयुक्त राष्ट्र संघको मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत छिन् । उक्त संस्था १९९२ मा स्थापना भएको हो । जोली अमात्य उक्त ७३ औ अधिवेशनको साधारण सभाको उद्घाटन कार्यक्रमको एक खण्डमा उनले सम्बोधन गरेकी हुन् ।

जोलीले अन्तर्राष्ट्रिय श्रम संगठनको एक सयौं बार्षिक सम्मेलनमा सामूहिक कार्यवाही बिश्वब्यापकता तथा समानताको आधारमा हुनु पर्ने माँग राखिन् ।

उनले सम्बोधनको क्रम आफू नेपालबाट आएकी हुं भन्दै परिचय दिएकी थिइन् । राष्ट्र संघ जस्तो गरिमामय संस्थामा यसरी नेपाली मूलका यूवाहरुको तर्फबाट जोली अमात्यले सम्बोधन गर्ने मौका पाउनु सबै नेपालीहरुले गौरवको बिषय हो ।

राष्ट्र संघको इतिहासमै अमात्य युवा सम्मेलनकी युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी थिइन्। दुई बर्ष अगाडी जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन: उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।

बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समुह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तर सञ्जाल युवा विकास ,लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि हुन् । उनि थुप्रै अन्तरराष्ट्रिय संघ/संस्था तथा सयुक्त राष्ट्र संघसंग आबद्ध छिन् ।

नेपाल पाटन घर भै हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जोली अमात्य पिता जगदिश मान अमात्य तथा माता कृष्ण अमात्यकी जेठी छोरी हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28329