पूर्वेली सुन्दरीहरुको क्यालेण्डर सार्वजनिक

सौरभ श्रेष्ठ –

धरान, डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन इन्डस्ट्रीज प्रा . लि .ले मिस पूर्वाञ्चल २०१८ का बिजेताहरुको फोटोशुट गरि ‘डिभाइन वाइन क्यालेण्डर २०७६ ’ सोमबार सार्वजनिक गरिएको छ।

धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा आयोजित भब्य कार्यक्रममा नायिका तथा मोडल मरिस्का पोखरेल, डिभाइन वाइनको नेशनल म्यानेजर बबिन अधिकारी, ब्रान्ड म्यानेजर सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङले एकसाथ लोकापर्ण गरे।

सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै क्यालेन्डर लोकार्पण कार्यक्रम गर्दै आएको छ।

क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको ग्लामरस तस्बिरहरु धरानको विभिन्न ठाउँमा शुट गरिएको छ।

मुन्धुम बुटिक र चेरी फेसनको ड्रेस ,सुजन राई र तरुना राईको मेकअप तथा दावागुञ्जन कलेक्सनको गहनाहरुमा सजिएका मोडलहरुको इक्सा मादेनको संयोजनमा फोटोशुट फोटोग्राफर पवन जोशी र बिबेक फोटोग्राफीले गरेको थियो।

क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरले बिभिन्न आकर्षक नृत्य प्रस्तुत गरेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28568