भारतीय मोडल गीता बर्मा नेपाली सिने क्षेत्रमा भबिष्य खोज्दै

काठमाडौँ, भारतको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाई कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन्।

धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै आएकी छिन्।

भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु भाउजुसंग बस्दै नृत्य तथा अभिनयको ट्रेनिङसमेत लिदै आएकी उनले २ वटा नेपाली म्युजिक भिडियो र केहि सर्ट मुभिमासमेत अभिनय गरिसकेकी छिन्। इन्डियामा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोच लिएर अगाडि बढिरहेकी छिन्।

सानै उमेरदेखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन्। गीताले भनिन्, अब नेपाली चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु। कम नेपाली बोल्ने गीता भन्छिन् मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो। एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडी बढेको कुरा गीता बताउंछिन्।





Comments

comments

28825