किरण सिटौला अमेरिकामा फेरि उपमेयरमा विजयी

विजय थापा

डिसी, किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उपमेयरमा दोश्रो पटकको लागि पुन: बिजयी भएका छन्।

उनी यसअघि पनि यस नगरपालिकाका उपमेयर थिए। अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबै भन्दा पहिला उपमेयरमा निर्वाचित भै इतिहास कायम गर्ने उनी पहिलो नेपाली पनि हुन्।

टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा सिटौलासहित ६ जना उम्मेदवार थिए । जनताले सन् २०१५ मा निर्वाचित भएका तिनै उम्मेदवालाई सोही पदमा पुन: निर्वाचित गरेका हुन्।

उक्त पदको कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व नगरी सिटौला स्वतन्त्र रुपमा चुनावमा लडेका थिए । उनले कूल मत २०८ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकामा अनुमानित ४ हजार ५ सय परिवार रहेका छन् भने मतदाता करीव ३ हजार रहेका छन्। कुल मत ४४२ खसेको थियो।

सन् २०१५ मा सर्वाधिक मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका ब्राण्डन पौलिन मेरिल्याण्डको इतिहासमा सबै भन्दा कान्छो ब्राण्डन पुनः दोश्रो पटक मेयरमा बिजयी भएका छन् । उनी ३०९ मतसहित विजयी भएका हुन्।

सन् २०१५ कै चुनावी रणनीति झैँ यस पटक पनि आफूले गरेका बिकासका काम र गर्नु पर्ने मुख्य कार्यसूचीलाई अगाडि बढाई ४ हजार २ सय मतदाताका घर दैलो अभियानलाई व्यापक बनाउंदा सफल भएको उनले बताए।

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन्।





Comments

comments

28967