रुपक र निकिताको ‘तिमी सधैं’ म्युजिक भिडियो सार्वजनिक

रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ।

सार्बजनिक ‘तिमी सधैं’ बोलको गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ।

किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालुप्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाई उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ।

भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो।





Comments

comments

29248