Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
मिसेस नेपाल ग्रान्ड–२०१९को आह्वान – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

मिसेस नेपाल ग्रान्ड–२०१९को आह्वान

काठमाडौं, विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ।

तर यो अबस्थाबाट माथि उठाएर सेलिब्रेटीसमेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ।

यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन्।

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ।

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । चर्चित कोरियोग्राफरसहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ।

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धी विशेष कोर्ष, फिटनेशसम्बन्धी एक महिनाको बिशेष कोर्षसहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगितामा अन्य शीर्ष उपाधि र गिफ्ट ह्याम्पर पनि राखिएको छ । यल मिडियाको आगामी फेशन शोहरुमा एक वर्षसम्म मोडलिङ गर्ने अबसर पनि बिजेता तथा रनर अपहरुले प्राप्त गर्ने आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन्।





Comments

comments

29251