अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली: अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन्।

प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन्।

अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए । प्रहरीले भने खोजी गर्दा नभेटिएको जनाउँदै आएको थियो । तर, शुक्रबार बोधी श्रवण धर्म संघ सिन्धुलीले आयोजना गरेको १४ औं विश्व शान्तिमैत्री पूजामा अनुयायीसँगै उनी सार्वजनिक भए । २३ राष्ट्रबाट ४ सय महात्मा गुरुसहित शुक्रबार ६ हजारभन्दा बढीलाई बम्जनले दर्शन दिएको संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए।

‘बिहीबारदेखि आश्रममा आयोजित अनुष्ठानमा गुरुले सबैलाई दर्शन दिइरहनुभएको छ’, उनले भने, ‘यो पूजामा शुक्रबार दिउँसोसम्ममा विभिन्न देशका नागरिकसहित ६ हजारभन्दा बढीले दर्शन गरेका छन् । गुरुको दर्शन शनिबार साँझसम्म गर्न पाइन्छ ।’ यो समाचार अन्नपूर्णमा प्रकाशित छ।





Comments

comments

Trending Now : ताई मो शानको फेदमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु