पाँचथर हत्याकाण्ड: बाजेबोजुलाई सघाउँन बस्दा ज्यान गुमाइन् आशिकाले…

युहाना सेर्मा

आरुबोटे, पाँचथरः बुद्धिमाया गत महिना माइतीघर आरुबोटे पुगेकी थिइन्। माइत जानुको उद्देश्य भेटघाट मात्र थिएन, छोरीहरूलाई दमक घर ल्याउनु पनि थियो।

उनका तीन छोरी सीता, आशिका र बिना मावलीघर बसेर पढदै थिए।

नयाँ शैक्षिक वर्ष सुरु भएको मौकामा उनले माइली आशिका र कान्छी बिनालाई दमक झार्न खोजेकी थिइन् । आशिकाले ‘बाजेबोजुलाई सघाउँछु, यतै पढ्छु’ भनेर जिद्दी गरिन् । आशिका नमानेपछि बुद्धिमाया कान्छी छोरी बिना लिएर वैशाख १८ मा घर झरिन्।

मंगलबार बिहान माइती गाउँबाट आएको फोनमा जे खबर सुनिन्, बुद्धिमाया हल न चल भइन् । सोमबार राति बुबाआमाको मात्र होइन, आफ्नै छोरी आशिकाको पनि हत्या भएको थियो । जेठी छोरी सीताले भने भागेर ज्यान बचाएकी छन् । माइली दिदी–भिनाजुको परिवार पनि सखाप भएको थियो।

बुद्धिमाया मंगलबार दिउँसो माइती आइपुगेकी छन् । ‘वैशाखमा मैले भनेको आशिकाले मानेकी भए…,’ उनी थकथकाइन् । आशिका कक्षा ७ मा पढथिन् । उनी कक्षा ६ को वार्षिक परीक्षामा तेस्रो भएकी थिइन् । पतिसँग सम्बन्ध विच्छेद गरेर बुद्धिमायाले दोस्रो बिहे गरेकी थिइन् । उनका छोरीहरू आरुबोटेमा बस्दै आएका थिए।

मनिटर थिइन् युहाना
सोमबार रातिको घटनाले युहाना सेर्माका साथीहरू स्तब्ध छन् । युहाना आरुबोटे माध्यमिक विद्यालयमा ९ कक्षाको ‘मनिटर’ थिइन् । ‘युहाना जान्ने विद्यार्थी थिई, नजानेको कुरा सोध्दा हामीलाई सिकाइदिन्थी,’ साथी पवित्रा तामाङले सम्झिन्।

त्यस घटनामा युहाना, उनकी बहिनी मुना, बुबा धनराज र आमा जस्मिताको घरभित्रै हत्या भएको थियो । मुना पनि त्यही विद्यालयमा कक्षा ४ मा पढ्थिन् । उनी कक्षामा दोस्रो हुन्थिन् । शिक्षकले उनलाई पनि मनिटर बनाएका थिए । धनराजका दाजु मासिमप्रसादकी एक्ली छोरी इक्साले पनि त्यही घरमा ज्यान गुमाइन् । उनी आरुबोटेकै एजुकेसनल बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्थिन् । सीता र आशिका खजुम पनि आरुबोटे माविमै पढ्थे।

विद्यालय नजिकैको घरमा घटना देखेका आसपासका बालबालिका तीन दिनदेखि विद्यालय गएका छैनन् । विद्यार्थी नआएपछि पठनपाठन बन्द छ । ‘स्कुल खोलिरहेका छौं । कोही विद्यार्थी आउँदैनन्,’ प्रधानाध्यापक भवेन्द्रकुमार राईले भने। कान्तिपुरमा यो खबर अर्जुन राजवंशीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29436