हङकङमा यसरी मनाइयो १२ औं गणतन्त्र दिवस!

एचकेनेपाल डट कम संवाददाता –

हङकङः २९ मे । नेपालको १२औं गणतन्त्र दिवस सत्तारुढ दलको प्रवास संगठन ‘प्रवासी नेपाली एकता मञ्च हङकङ’ले जोर्डनस्थित चुम्लुङ हिममा एक औपचारिक कापर्यक्रमको आयोजना गरि मनाएको छ।

एकता मञ्च हङकङले कार्यक्रममा १२औं गणतन्त्र दिवस साथै २६औं मदन–आश्रित स्मृति तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो वार्षिकी दिवससमेत एकसाथ मानाएको छ।

आइतवार मनाइएको कार्यक्रमबारेवारे चर्चा गर्दै विदेश वसाईको हिसाबले नेपालको दिवसहरु मनाउने क्रममा केही तलमाथि हुने कार्यक्रमका अध्यक्ष रबिन लिङदेनले बताए।

लिङदेनले कार्यक्रममा बोल्दै विदेशमा वस्ने पछिल्लो पुस्ताका युवाहरुमा राजनैतिक चेतना हराउदै गएको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हङक स्थित एकता प्रकृयाको कार्यदल सदस्य रहेर पार्टी एकतालाई अगाडि बढाइ रहेका लिङदेनले युवा पुस्ताहरुमा नेपाली सांस्कृतिक आधारहरुमा चेतना क्रमशः बढ्दै गएपनि राजनैतिक चेतना र बुझाइबाट युवाहरु टाढा रहदै गएको बताए।

नेपालको भाषा, लिपी, संस्कृति, भेषभूषा जस्ता महत्वपूर्ण सबै अंगहरु राज्यको नीति नियममा निर्धारित रहन्छ। र, राज्यलाई राजनीतिले संचालन गरेको हुन्छ । युवा पुस्ताले राज्यको नीति नियम र राजनीति बुझ्नु जरुरी रहेको अध्यक्ष लिङदेनले बताए।

नेकपा कार्यदलका अर्का सदस्य धिरेन्द्र चाम्लिङले माओवादी १० वर्षे जनयुद्धको जग र १९ दिने जनआन्दोलनबाट सधैको लागि राजतन्त्रको अन्त्य भई स्थापना भएको १२औं गणतन्त्र दिवसको अवसरमा सवैलाई शुभकामना दिदै आफ्नो स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा संघीय समाजवादी फोरम तथा नयाँ शक्तिका इन्द्र वनेम र मनोज गौतम, नेपाली कांग्रेसका सभापति मिन गुरुङले शुभकामना मन्तब्य राखेका थिए। शुभकामना मन्तब्यकै क्रममा फियोना हङकङका अध्यक्ष हिरामान राई, घरेलु कामदार युनियनका अध्यक्ष चुन्नि थापा, नेकपा कार्यदल प्रस्तावित सदस्य बसन्त कुमारी राईले आ–आफ्नो धारणा राखेको थिए।

१२औं गणतन्त्र दिवस आउन बाँकी रहदै र २६औं मदन–आश्रित स्मृति तथा पार्टी एकताको पहिलो वार्षिकी दिवस हप्ता दिन भन्दा पहिले वितिसकेको भएपनि विदेशको कार्यक्रमको अभ्यास यस्तै हुने जानकारी गराउदै कार्यदल सदस्य दलहाङ नेम्बाङले कार्यक्रम संचालन गरेका थिए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको हङकङमा पूर्व नेकपा एमालेका अध्यक्ष भक्तबहादुर गुरुङ र सचिव दलहाङ नेम्बाङ तथा पूर्व (माओवादी केन्द्र)का अध्यक्ष रबिन लिङदेन र उसको सामाजिक संस्थाको अध्यक्ष धिरेन्द्र चाम्लिङ सहितको चार जनाको कार्यदल सदस्य रहेको छ।

कार्यदलले पूर्व एमाले र माओवादीका ३५ प्रस्तावित सदस्य निर्माण गरेको कार्यदलका एक सदस्ले संचारकर्मीलाई बताए। संचारकर्मीसंग कुरा गर्दै, नेकपाको विदेश विभाग अन्तर्गत रहेको पार्टी एकता करिब टुंगो लागिसकेको अब केही दिनमा सार्वजनिक गरिने बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29595