घले दम्पतिलाई अन्तर्राष्ट्रिय उपाधि

विजय थापा

अमेरिकाको एटलान्टामा सम्पन्न दम्पत्ति अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा राजा घले तथा उनकी जीवन संगिनी र बिद्या गुरुङ प्रथम भएका छन्।

एटलान्टास्थित सोनेस्टा होटेलमा युनिभर्सल ट्यालेन्ट ब्युटी एकाडमीद्वारा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रायभारतीय मूलका प्रतिस्पर्धी भए पनि नेपाली दम्पति राजा घले प्रथम र बिद्या गुरुङ दोस्रो भएका छन्।

राजा घलेले नेपालको पहिचान स्वरुप राष्ट्रिय पोशाक दौरा सुरुवाल र बिद्या गुरुङले नेपालको जातीय गुरुङ पोशाक लगाएकी थिइन्। र्याम्पमा हिडिरहंदा दुवै जनाले नेपाल भ्रमण लेखिएको ब्यानरसहित प्रस्तुत भएका थिए।

ब्यानरमा सगरमाथा र बुद्धको जन्मस्थल नेपाल भनेर लेखिएको थियो। पर्यटनदूत राजा घलेले यस प्रतियोगितामा”जित्नको लागि भाग नलिएर नेपाल र नेपालीको प्रतिनिधित्व गर्न आएको बताए।

बाल बालिकाहरुको प्रतियोगितामा पहिलो नेपालको तर्फबाट ६ बर्षीया बालिका प्रिन्सेस, हिमाली कुँवर गुरुङले भाग लिएका थिए । उनले पनि गुरुङ पोशाक पहिरिएर क्याटवाक गरेकी थिइन्।

प्रतियोगिताका प्रमुख अतिथि भारतकी प्रसिद्ध कलाकार साना सायिदको उपस्थिति रहेको थियो। उनले चर्चित चलचित्र कुछ कुछ होता है मा बाल कलाकारको भूमिका निर्बाह गरेका थिए।

हालै स्टुडेन्ट अफ द एर, बादल, देर दिल जो प्यार करेगा जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेका छन्।





Comments

comments

29716