३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन्।

दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्।

‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो त्यसपछि के भयो थाहा छैन।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभरी पोलेका फोका छन्। कुटपटको नीलडाम छन्। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा राजकरण महतोले लेखेका छन्।





Comments

comments

29710