पूर्वलडाकु यस्तो अवस्थामा भेटिईन्, खोरमै सुत्छिन् रोगले थला परेकी छन्

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन्।

आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्।

उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन्। अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन्। त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन्।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्।

‘आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो।’ आमालाई हेर्दै जीवनले भने, ‘सानो छु केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’ यो समाचार नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन्।





Comments

comments

29713
%d bloggers like this: