बेलायतमा गायक राजेशपायलको साँगीतिक कार्यक्रम हुने

सौरभ श्रेष्ठ –

स्विन्डन, बहुप्रतिक्षित अल्बम दर्शन नमस्ते -४ को रिलिजपछि गायक राई इज किङ राजेश पायल राईले बेलायतमा साँगीतिक प्रस्तुती दिने भएका छन्।

सांगीतिक विश्व भ्रमणको क्रममा राई आगामी सेप्टेमबर १४ गते शनिबार युके स्विन्डनको म्युजिक इन्टरटेनमेन्ट कल्चरल एरिना हलमा स्विन्डन नेपलिज धमाका २०१९ कार्यक्रममार्फत आफ्नो धमाकेदार सांगीतिक प्रस्तुती दिदैछन्।

राइ इज किङ्संगै पछिलो समयमा ब्याटल दोहारी र्यापमा चर्चित लोक दोहोरी गायिका प्रिती आले, यूवा गायक सुरेन ताम्लिङसंगै स्विजरल्याण्डबाट सुबास एण्ड ब्यान्डले समेत आफ्नो सांगीतिक प्रस्तुति पस्कने कार्यक्रम रहेको छ। साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ।

यो कार्यक्रमलाई स्थानीय चर्चित प्रस्तोता किसन राईले संचालन गर्दै छन् भने कार्यक्रम यो एरिया (स्विन्डन -युके)कै ठूलो, भब्य र मनोरञ्जनात्मक पार्नको लागि सबै आयोजना तथा व्यवस्थापन सुरेश कुमार परियारले गरेका छन्। यसअघि परियारले साइप्रसमा नेपालिज धमाकालगायतका थुप्रै सफल कार्यक्रम आयोजना गरेका छन्।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई सहयोग तथा माया गर्दै कार्यक्रमको भरपूर मनोरन्जन लिन आयोजक समूहले आग्रह गरेको छ।

गायक राईको अन्य कार्यक्रमहरु शेफिल्डमा अगस्ट ३१ तारिख र सेप्टेम्बर ७ तारिख हेरोमा हुंदैछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29719