‘तिमी सुनमा जोखिने मान्छे’ गीतको छायाँकन

तिमी सुनमा जोखिने मान्छे,
म सुनपानीले चोखिने मान्छे … ।

जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको भिडियो छायांकन गरिएको छ।

वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन्। केटा र केटी विचको बालापन आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरL तयार पारीएको गीतमा भिडियो निर्माण गरिएको हो।

गीतकार प्रकाश केसीले गीत लेखेका हुन् भने शरद समिपले गीतलाई गाएका हुन्। चित्रकार एवं संगीतकार ज्योति प्रकाश बिकले गीतमा संगीत दिएका छन् भने विष्णु अधिकारीले संगीत संयोजन गरेका छन्।

गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङ भएकी छन्। त्यस्तै वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला, स्वयं गायक शरद समिपले गीतमा अभिनय गरेका छन्।

यस्तै बाल कलाकार कुशाग्रह भट्टराई एवं एञ्जेल राई पनि गीतको अभिनयमा छन् भने निर्देशक माधबराज खरेल समेत भिडियोमा देख्न सकिन्छ। भिडियोलाई मुकेश हुमागाइले छायांकन गरेका छन् भने ड्रोन अपरेटिङ रविन वजगाइले गरेका छन्। राम ढकालको स्टिल फोटोग्राफी एवं कविता तोलाङ्गीको श्रृंगार गीतमा रहेको छ। गीतमा एसोसिएट निर्देशकका रुपमा माधबराज खरेल रहेका छन्।

गीतको भावलाई आफूले सकेसम्म उतारेको निर्देशक शान्तिप्रियले बताए। चरित्र उतार्नकै लागि गीतमा धेरै कलाकार राख्नु परेको समेत प्रियले बताएका छन्। गीत दुई सातापछि रिलिज गरिने बताइएको छ।





Comments

comments

29807