साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ । साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा बुधबार यहाँ विशेष समारोह आयोजना गरियो। नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखरले आयोजना गरेकाे समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी, समाजका प्रतिष्ठित व्यक्ति र साउदी अरबका मित्रराष्ट्रका प्रतिनिधिको सहभागिता थियो।

त्यस अवसरमा राजदूत म्निखरले साउदी अरबको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजा अब्दुलअजिज बिन अब्दुर्रहमान अल साउदले एकीकरण गरेको मुलुकले पुस्तौँदेखि आफ्ना मूल्य, पहिचान र परम्पराको संरक्षणसँगै प्रगतिपथमा मुलुक अग्रसर भएको बताए।

यस वर्ष साउदी अरबको राष्ट्रिय दिवसको मूल सन्देश ‘हाम्रो गौरव हाम्रो प्रकृतिमा’ रहेको छ । सन् १९७७ मा नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनेको छ। रासस





Comments

comments

140995