हङकङमा आगजनीपछि भाग्ने क्रममा आकाशे पुलबाट खसेर वृद्धको मृत्यु

प्रतीकात्मक सन्दर्भ तस्बिर

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ नोभेम्बर। साई कुङको ताइ पो साइ गाउँको एक घरमा मध्यरातमा पेट्रोल बम प्रहार गरी आगजनी गर्ने ७० वर्षीय वृद्धको भाग्ने क्रममा मृत्यु भएको छ।

गए राति करिब १:०० बजे हाङ हाउस्थित हङकङ भेलोड्रोम बाहिरको आकाशे पुलबाट खसेर उनको ज्यान गएको हो।

प्रहरीका अनुसार शरीरमा पोलेको दागसहित भेटिएका ती वृद्धले पारिवारिक सम्पत्ति विवादको आक्रोशमा आगजनी गरेको उनकी श्रीमतीले बताएकी छिन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

142614