मेलिनासँग रोमान्टिक फिल्म खेल्ने रहर छ: पुष्पल खड्का

मलाई मेलिना राईको स्वर एकदम मन पर्छ। स्रोतालाई तानिरहन सक्ने स्वर छ।

अरूको भन्दा फरक स्वर र गायन कला भएका कारण नै म फ्यान भएको हुँ । मेलिनाजी सुन्दर पनि हुनुहुन्छ । उहाँको लुक्स मन पर्छ। मंगोलियन फेस, त्यसमा पनि क्युटनेस । उहाँसँग भेट त भएको छैन । औपचारिक प्रोगाममा कतै भेट भएजस्तो लाग्छ । हाई–हेल्लो भएको छ।

मैले कुनै नेपाली गायिकासँग फिल्म खेल्नुप-यो भने उहाँ नै पहिलो रोजाइ हो । तर, उहाँसँग काम गर्नका लागि रोमान्टिक स्टोरी चाहिन्छ। त्यसमा हाम्रो जोडी जम्छ । किनभने उहाँ कोरियनजस्तो देखिनु हुन्छ । चेहराको बनावट नै त्यस्तो छ । हिरोइनमा चाहिने बडी, चेहरा सबै गज्जब लाग्छ।

अहिलेसम्म उहाँले फिल्म किन खेल्नु भएन, त्यो त थाहा छैन। सायद, उहाँलाई रुचि नहुन सक्छ । या त्यस्तो फिल्म नै खेल्ने माहोल नबनेको हुन सक्छ । तर, उहाँलाई रोमान्टिक स्टोरी सुहाउँछ जस्तो लाग्छ। कुनै समय मौका जु-यो भने पक्कै उहाँको अपोजिट भएर खेल्छु। यो खबर नयाँपत्रिकामा छापिएको छ।





Comments

comments

29851