बेलायतमा बीर विक्रम २ फिल्मको ग्राण्ड रेड कार्पेट प्रिमियर गरिने

भूमिराज राई / एचकेनेपाल डट कम –

बेलायत। निर्देशक मिलन चाम्सको नयाँ चलचित्र बीर बिक्रम २ बेलायतमा ग्रान्ड रेड कार्पेट प्रीमियर हुने भएको छ।

प्रिमियरमा को को कलाकार सहभागी हुने भन्ने कुरा गोप्य राखिए पनि मुख्य कलाकार, निर्देशक सहितको उपस्थिति रहने सम्भावना रहेको छ।

जुलाई १४ तारिख आइतबार दिउँसो २:३० बजे अल्डर्सटको प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर गर्ने तयारीमा रहेको छ।

बीर बिक्रम २ नेपालमा अत्यधिक दर्शक चापका बीच प्रदर्शन हुँदै गर्दा नकारात्मक टिप्पणीसहित एक युट्युबरले रिभ्यु भन्दै नराम्रो कमेन्ट गर्दै समिक्षा गरेपछि निर्माता निर्देशकसहित चलचित्रकर्मीको जाहेरीका आधारमा युट्युबर पक्राउ परेपछि बिबादित बनेको थियो।

चलचित्र अत्यन्तै राम्रो बने पनि नेपाली प्रबृत्ति प्रगति गर्नेको ईर्ष्या गर्ने मानसिकताको शिकार बनेर राम्रो ब्यापार हुँदाहुँदै सोंचे जति र आशा गरे जति मुनाफा कमाउन नसकेको निर्देशक चाम्सले बताए। केही नकारात्मक तत्वहरुको चलखेलका कारण सफल हुन नसके पनि लगानी सुरक्षित गरि नाफामै रहेको प्रतिक्रिया दिंदै निर्देशक चाम्सले आफूले नेपाल चिनाउने प्रयास बीर बिक्रम २ मार्फत गरेको बताए।

निर्देशकले नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर गरेर बाह्य तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने हेतुले नेपालको सुन्दर पर्यटकीय क्षेत्रमा महँगीको पर्वाह नगरी बिना सम्झौता चलचित्र छायांकनदेखि एउटै गीतमा पच्चीसौं लाख खर्च गर्नु चानचुने नभएको जिकिर गरे।

“चलचित्र बनाउञ्जेल मेरो थियो जब सार्बजनिक भयो तब दर्शकहरुको भएकाले माया गरेर बचाउने कि खडेरी लगाउने भगवान समान दर्शककफ हातमा छ।”

राम्रो गर्ने प्रयासमा सारा दुनिया दाउमा राखेर यहाँसम्म कि परिवारदेखि पनि टाढा भएर नेपाली कला संस्कृति मात्रै होइन समग्र नेपालको प्रगति उन्नतिमा टेवा पुर्याउने आफ्नो महान सोंचलाई कदम कदममा ठेस पुर्याउने कुतत्वहरुदेखि कहिलेकाही दिक्क लाग्ने गरेको गुनासो व्यक्त गरे।

कमीकमजोरीहरु औंल्याई दिएर मार्गदर्शक बनिदिन आदरणीय दर्शकहरुलाई हात जोडेर अनुरोध गर्दछु उनले भने। तर कृपया यो पेशाप्रति नै बितृष्णा जाग्ने गरेर खुट्टा नतानि दिन बिन्ति गर्दछु। तितो अनुभब मिश्रित गुनासो र पीडा निर्देशक चाम्सले सुनाए।

“कसैलाई जेल हाल्नु पर्ने अवस्था कहिल्यै फेरी नआओस्, म नेपाली युवा उद्यमी हुँ, म नेपाली हुनुमा गर्ब गर्ने मान्छे, एउटा म जस्तै अर्को युवालाई जेल हाल्ने निर्णय गर्नु अत्यन्तै पीडादायी अवस्था हुँदा हुँदै पनि आफ्नो अस्तित्व नै धरापमा पारिएपछि बाध्य भएर अन्तिम अस्त्र स्वरूप दु:खद कदम चाल्न बाध्य भएको उनले बताए। त्यो कदम चाल्दा त्यसको सपोर्ट होइन अझ बिरोध नै भयो भन्दै आश्चर्य हुँदै “उल्टै मलाई नै यहाँ पनि दोषीको बिल्ला भिराईयो, आशा छ सबैले सत्यको पक्ष लिने दिन पनि आउला, नकारात्मक रिभ्यू गर्ने भाईसँग पनि मेरो जाति दुश्मनी केही छैन। केवल गरिखान देउ, भन्ने मेरो अनुरोध हो! फोनको कुराकानीमा उनी निक्कै भावुक भए।

सबैले कम्तिमा जिम्मेवार बनेर एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति हटाएर प्रोत्साहन गर्ने बेला भएन? यो कुरा मनन गरौँ। हामी जुनै जाति वा धर्मी भए पनि पहिला हामी नेपाली हौँ त्यो बुझौं।

ग्राण्ड रेड कार्पेट प्रिमियरपछि युकेका बिभिन्न स्थानहरुमा पनि फिल्म प्रदर्शन हुने कार्यक्रम तय भएको छ। युकेको लागि चलचित्र प्रदर्शनको जिम्मा युकेमा सफल कार्यक्रम आयोजक कम्पनी सपन इन्टरर्टेनमेण्ट कम्पनि प्रालिले लिएको छ।

युके आफ्नो कर्मथलो पनि भएकाले साथै धेरैले आफूलाई माया गर्नुहुने भएकाले पनि युके आफ्नो लागि आत्मिय र सदा साथ पाउने देश भएकाले हरेक फिल्म युकेका नेपाली दाजुभाइ दिदीबहिनीहरुको आफू प्रतिको सद्भाबको कदर स्वरुप सम्मानका लागि फिल्म प्रदर्शन गर्ने गरेको निर्देशकले जानकारी दिए।

सम्पूर्णमा चलचित्र हेर्न आउनको निमित्त चुले निम्तो यहीं समाचारमार्फत पुर्याई दिन अनुरोध गर्दै १४ जुलाई आइतबार दिउँसो २:३० बजे प्रिन्सेस हल अल्डर्सटमा भेट्ने निम्तो निर्देशक मिलन चाम्सको रहेको छ।

Date : 14 July 2019 Sunday
Time: 2:30 PM
Venue: Princess Hall
Princess Way
Aldershot
GU11 1NX
for more info contact Sapan Rai
https://www.facebook.com/profile.php?id=100000269188111

बेलायतबासी सम्पूर्णमा चलचित्र हेर्न उपस्थित भएर मनोरंजन लिई दिन हाम्रो पनि हार्दिक निमन्त्रणा!

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

30015