कोलोराडोबाट नेपाल गएर सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठलाई भव्य सम्मान

नातिबाबु भट्ट

कोलोराडो। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल कोलोराडो निवासी रोहित श्रेष्ठलाई भब्य सम्मान गरिएको छ।

श्रेष्ठले गत मे १६ तारिखका दिन सगरमाथाको सफल आरोहणगरी कोलोराडोमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै यहाँ सक्रिय लङमन्ट हिमालयज् लायन्स क्लवको आयोजनामा आईतबार एक समारोहका बिच सम्मान गरिएको हो।

लङमन्टस्थित फायरहाउस आर्ट सेन्टरमा सम्पन्न भएको कार्यक्रकमा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, बुिद्धजीवी, व्यवसायी, कलाकार, पत्रकार, समाजसेवी तथा सर्ब साधारणको बाक्लो उपस्थिति रहेको थियो।

यसरी उपस्थित हुने संघ संस्थाका पदाधिकारीहरुमा नेपाली घरका अध्यक्ष लक्षुमण राना, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर संयोजक श्रीराम लुईटेल, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, नेःवाखलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष जोशन श्रेष्ठ, ६ नर्थ ईष्टका जोन चेयर पर्शन प्रमोद श्रेष्ठ लायन्स क्याम्प फाउन्डेसन मेम्बर तथा आयोजक संस्थाका अध्यक्ष विकल पराजुली, अरोरा लायन्स क्लवका अध्यक्ष कपिलदेव सुवेदीलगायत अन्य पदाधिकारी र श्रेष्ठका परिवारको उपस्थिती रहेको थियो।

कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर मिसायल गिल, ग्लोवल मेम्वर सिप चेयर तथा पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, पाष्ट ईन्टरनेशनल डिरेक्टर केन सोल, अध्यक्ष विकल पराजुलीलगायतले आरोही श्रेष्ठलाई सम्मान पत्र प्रदान गरी खादा पहिराई सम्मान गरेका थिए।

सम्मानपछि श्रेष्ठले सगरमाथा आरोहणगर्दाको अनुभव सुनाउदै, अमेरिकामा नेपालबाट आएको भनेपछि धेरैले सगरमाथा चढेको छस् भनेर प्रश्न सोध्ने गरेकोले त्यसैबाट आफूलाई एक दिन सफल आरोहण गरेर देखाउने प्रेरणा मिलको बताए। त्यो लक्ष यस बर्ष पुरा गर्न सकेकोमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले कर्मथलोमा यसरी सम्मानित हुन पाउदा ज्यादै खुसी लागेको भन्दै आयोजक संस्थाप्रति आभार ब्यक्त गरे।

कार्यक्रममा सहभागीहरुले उनीसंग सगरमाथामा भएको प्रदुषण, लाग्ने खर्च, लाग्ने समय लगायतका जिज्ञासा राखेका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै संस्थाका अध्यक्ष विकल पराजुलीले नेपाल र नेपालीको शिर उच्चराख्न सफल रोहितलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए।





Comments

comments

Trending Now : केरुङमा थन्किए दसैंका सामान
30085