चीनको ‘ग्रेट वाल’को झल्को दिने ‘ग्रेट टेल’ नेपालमा बन्दै

फाईल फोटो

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल(ग्रेट टेल) बनिरहेको छ।

हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले चार महिनादेखि गाउँपालिका घेर्ने गरी महत्वकांक्षी (ग्रेट टेल) बनाइरहेको हो।

चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर बार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामा बताउँछन्।

ग्रेट टेल

‘यो महत्वकांक्षी आयोजना हो । तर सम्पन्न गरेरै छाड्ने संकल्प गाउँपालिकाले लिएको छ,’ उनले भने । चालु आर्थिक बर्षमा पदमार्ग पर्खालको सुरुवाती एक सय १० मिटरको निर्माण कार्य सकिएको लामाले जानकारी दिए।

उनका अनुसार साविक इचोक गाविसको बुद्धपार्कबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायाँग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिने छ। यो खबर नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

30636